सखरखण्डको पातले गर्छ क्यान्सर देखि डायबिटीज र पेट सम्बन्धी रोगको उपचार

मनिषा थापा

लगभग धेरै जनालाई सखरखण्डका फाइदाहरुको बारेमा थाहा होला तर तपाईंलाई सखरखण्डका पातका  यी गुणको बारेमा थाहा  छैन होला।  यदि छैन भने हामी तपाईलाई बताउछौ:

जाडो महिनामा पाईने सखरखण्ड आइरन ,भिटामिन बि (फोलेट),कपर ,म्याग्नेसीयम ,आदिले भरिपूर्ण हुन्छ। जसले प्रतिरक्षा प्रणाली बलियो बनाउछ। छालामा चमक ल्याउँछ र अनुहार छिटै खुम्चीनबाट जोगाउँछ।

यो कुरा त धेरैलाई थाहा नै हुन्छ तर तपाईलाई थाहा छ सखरखण्डको पात पनि फाइदाजनक हुन्छ भनेर। कुनै कुनै ठाउँमा सखरखण्डको पात तरकारी अथवा झोलका रुपमा पनि बनाउने गरिन्छ।

यसमा भिटामिन बि ,आईरन,क्याल्सियम ,जिंक ,प्रोटिन र अन्य पातजन्य तरकारीको तुलानामा धेरै न्यानो हुन्छ। आउनुहोस सखरखण्डको पातले स्वास्थमा दिने फाइदाका बारेमा जानौ।

१. डायबिटीज रोकथाम गर्न : सखरखण्डको पातले मधुमेह नियन्त्रण गरि डायबिटीज कम गर्न राम्रो मानिन्छ । यसमा एफएबीएल(FIBL) नामक तत्व पाइन्छ जसले मधुमेह कम गर्न सहयोग गर्छ। यसका साथै यसमा एसिडिक ग्‍लाइकोप्रोटीन पनि पाइने भएकोले एंटी-डायबिटिक बनाउछ जसले गर्दा प्राकृतिक रुपमा मधुमेह नियन्त्रण हुन्छ।

२.रक्तचाप कम गर्न  :  सखरखण्डमा भएका भिटामिन ,पोलीफेनोलिक्स र एंथोसायनिनको कारणले यसका पातको तरकारी बनाएर खानाले रक्तचाप कम गर्नलाई सघाउनुका साथसाथै चिन्ता र तनावबाट पनि टाढा राख्छ ।

३. पेट सम्बन्धि समस्या समाधान गर्न : सखरखण्डको पातमा डाईटरी फाइबर र जलापिन नामक तत्व हुन्छ जसले पेट सम्बन्धि रोगबाट टाढा राख्न सहयोग गर्छ । जसले कब्जियत,पखला र वाकवाकी जस्ता समस्यालाई निको पार्न सघाउँछ । यसका साथै सखारखण्डको पात ज्वरो कम गर्न ,जाडो र फ्लु बाट टाढा राख्न सहयोग गर्छ ।

प्रतिक्रिया