नुवाकोटको एक घरमा आगलागी हुँदा रु ११ लाख क्षति

शर्मिला गुरुङ

नुवाकोट, ५ मङ्सिर  :  लिखु गाउँपालिका–४ नचनिडाँडामा आज बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

आज बिहान २ बजे स्थानीयवासी राजु शाहको दुईतले घरमा आगलागी हुँदा रु ११ लाख ६५ हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट धान, मकैलगायत अन्नपात, भाडाकुँडा, लत्ताकपडा, फर्निचर जलेर नष्ट भएको छ । आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया