कैलालीको बर्दगोरियामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

शर्मिला गुरुङ

घोडाघोडी, ५ मङ्सिर : कैलालीको बर्दगोरिया गाउँपालिका–१ बौनियामा बसले ठक्कर दिँदा आज एकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ६ ख ६३५५ नम्बरको बसले आज बिहान ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।

पैदलयात्री कैलालीको भजनीनगरपालिका–६ महादेवलीका आशाराम चौधरी रहेको इलाका प्रहरी कार्यालय बौनिया प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीले जानकारी दिनुभयो । बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्किले नियन्त्रणमा लिएको शाहीले बताउनुभयो । रासस

प्रतिक्रिया