देउवाले चित्त बुझ्दो काम गर्नुभएन : काङ्ग्रेस नेता सिंह

पूजा बानियाँ

रुपन्देही, ५ मङ्सिर : नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरित चलाएको आरोप लगाउनुभएको छ ।

विधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै उहाँले विधानमा दुई उपसभापति राख्ने व्यवस्था नभएको उल्लेख गर्नुभयो । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वमहामन्त्री समेत रहनुभएका नेता सिंहले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान नसकेको बताउनुभयो ।

अब सबैलाई समेटेर विधान र विधिलाई अवलम्बन गर्ने नेतृत्व काङ्ग्रेसमा आवश्यक रहेको उहाँको भनाई थियो । पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले वर्तमान सरकार सङ्घीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोपसमेत लगाउनुभयो । रासस

प्रतिक्रिया