दुबईमा मोरोक्कोमा एक महिलाले आफ्नो प्रेमीको हत्या गरेकी छिन्। अझ अचम्मको कुरा के छ भने ती महिलाले प्रेमीको शवलाई टुक्रा पारेर आफ्नो घर नजिकैका कामदारलाई बिरयानी बनाएर खुवाएको खुलासा भएको छ।
नाम नखुलाइएकी महिलाले दुबईको अल एनस्थित आफ्नो घरमा सात वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रेमीको हत्या गरेको डेली मेलले बताएको छ । अभियोजकका अनुसार उनका प्रेमीले मोरोक्कोमा अर्की महिलासँग विवाह गर्ने योजना बनाइरहेको जानकारी दिएपछि रिसको झोंकमा महिलाले हत्या गरेकी हुन् ।
पुलिस अधिकारीका अनुसार ती महिलाले आफ्ना प्रेमीको मासुलाई ब्लेन्डरमा पिसिन् र बिर्यानीजस्तो बनाएर उनको घर नजिकै रहेका पाकिस्तानी कामदारलाई खुवाएकी हुन् । हत्या गरिएका व्यक्तिको दाजुले उनी हराइरहेको उजुरी दिएपछि यसबारे अनुसन्धान थालिएको हो ।
ती व्यक्ति भाइ बस्ने घरमा गएको तर महिलाले उनलाई घरबाट निकालिदिएको र उनी कहाँ छन् भन्ने बारे थाहा नभएको बताएपछि पुलिसको सहारा लिइएको थियो । मृतकका दाजुलाई उद्धृत गर्दै डेली मेलका अनुसार पुलिसले ती महिलाको ब्लेन्डरमा मानव दाँत भेटेपछि यसबारे पर्दाफास भएको हो ।
द नेशनलका अनुसार डिएनए टेस्टले उक्त दाँत हराइरहेका व्यक्तिकै भएको पत्ता लगाएपछि उनकी प्रेमिकालाई पक्रा गरिएको हो । पक्राउ परेपछि ती महिलाले आफूले प्रेमीको हत्या बदला लिन गरेको बताइन् ।
प्रेमीको शवलाई ठेगान लगाउन साथीको सहयोग माग्दा साथीले अस्विकार गरेपछि आफूले शवलाई टुक्रा पारेर कामदारलाई खुवाएको जानकारी दिइन् पुलिसले यसबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।