भक्तपुर, ५ मङ्सिर : आफैँले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा भक्तपुर नगरपालिका– ७ इनाचोका ५३ वर्षीय आशाराम दुमरुको मृत्यु भएको छ ।
भक्तपुर–१ सिर्जनानगरबाट मध्यपुरथिमितर्फ जाँदै गरेको बा ६४ प ४६२ नंको स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना हँुदा स्कुटर चालक दुमरुको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । घाइते भइ भक्तपुरको इवामुरा अस्पतालमा उपचारका क्रममा दुमरुको मृत्यु भएको र आजै शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको बताइएको छ । रासस