अनुष्का र विराटबीच ‘भनाभन’ को भिडियो भाइरल हुँदै

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेट खेलाडी विराट कोहलीबीच विवाह भएको ११ महिना पूरा भएको छ। ११ महिना पूरा भएकै बेला उनीहरुको एउटा भिडियो समाजिक संजालमा भाइरल भएको छ। भिडियोमा अनुष्का र विराटबीच केही विषयमा भनाभन हुनुकासाथै सामान्य झगडा पनि भएको देख्न सकिन्छ। भिडियोमा अनुष्का भन्दैछिन्–विवाह भन्दा पहिला महिनामा १५ दिन आफैं खाना बनाउँछु भन्थेउ, तर आफ्नो पालोमा सधैं बाहिरबाट मगाउँछौं।’

जवाफमा विराट भन्छन्–एसी–टिभी, यतिसम्म की मेरो जीवनको रिमोटसम्म पनि लग्यौ।’ कुरा यतिमा रोकिँदैन। अनुष्का विराटको नराम्रो बानीका विषयमा अगाडि भन्छिन्,–यता टावल, उता जुत्ता, अनि विहानै पाँच बजे पर्दा खोलेर उठाइदिन्छ।’

जवाफमा विराट भन्छन्–क्यारेम खेल्दा हारिन भने पनि मलाइ रुँदै पिट्छिन्।’भिडियोमा यो जोडीले एक अर्काको धेरै गुनासो गर्छन्। तर अन्तिममा एकअर्काप्रति प्रेम पनि दर्शाउँछन्। यद्यपी यो भिडियो एउटा विज्ञापनको शुटिङका हो। दुवैले फेरि एक पटक ‘मान्यवर मोहे’ को विज्ञापनमा अभियन गर्ने भएका छन्। विवाहपछि उनीहरु पहिलो पटक कुनै विज्ञापनमा सधैं देखिएका हुन्।

अनुष्काकालागि यो वर्ष ड्रीम इयर जस्तै भएको छ। उनकी दुवै फिल्म ‘परी’ र ‘सुई धागा’ सुपर हिट भए। उनको अभिनयलाई दर्शकले खुबै मन पराएका छन्। अब अनुष्काले शाहरुख खानको फिल्म जीरोमा अभिनय गरेकी छन्।

केही दिन पहिला अनुष्काले आफ्नैलागि एक नयाँ रेन्ज रोभर गाडी किनकी थिइन्। उनको यो कार निकै विसालीपूर्ण छ। यसको मूल्य चार करोडभन्दा धेरै छ। अनुष्का विराटले ११ डिसेम्बर २०१७ मा इटलीमा विवाह गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू