मनका धनी अमिताभ बच्चनले तिरिदिए सयौं किसानको ऋण

मनिषा थापा

बलिउड अभिनेता अमिताभ बच्चनले सयौँ किसानको ऋण तिरिदिएका छन् । मनका धनी उत्तर प्रदेशका एक हजार तीन सय ९८ जना किसानले लिएको ऋण चुक्ता गरेको बताएका छन् ।

यसका लागि उनले छ करोड नेपाली रुपियाँभन्दा बढी खर्चेका छन् । मंगलबार बच्चनले आफ्नो ब्लगमार्फत ऋण चुक्ताबारे जानकारी दिएका हुन् । यसबाट आफूलाई एउटा काम पुरा गरेको महसुस भईरहेको पनि उनले बताए ।

एक सरकारी बैंकबाट किसानले लिएको ऋण अभिताभले तिरिदिएका हुन् । बैंक अफ इन्डियासँग सम्झौता गरेर उनले एकमुस्ट ऋण चुक्ता गरेका हुन् । उनले किसानलाई भेटेरै ऋणमुक्तिको प्रमाणपत्र दिने ईच्छा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू