करिना कपुरकी सौतेनी छोरी साराको डेब्यु फिल्मको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेता सुसान्तसिंह राजपुत अभिनित फिल्म केदारनाथको नयाँ गीत सार्वजनिक भएको छ । अमित त्रिदेविको संगीत तथा अमिताभ भट्टाचार्यको शब्दमा “क्वाफिराना” गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतलाई आर्जित सिंह र निखिता गान्धीले स्वरबद्ध गरेका छन् । नायक सेफ अलि खानकी छोरी र नायिका करिना कपुर खानकी सौतेनी छोरी सारा अलि खानकी डेब्यु फिल्म रहेको “केदारनाथ” फिल्ममा मुख्य भूमिकामा देखिँदै गरेका अभिनेता सुसान्तसिंहले एक पिठ्ठु (केदारनाथ यात्राको दौरानमा शारीरिक रुपमा अशक्त र कमजोर यात्रीलाई बोक्ने मान्छे) को भुमिकामा देखिदै छन् ।

अहिलेसम्म यो फिल्मको दुई वटा गीत रिलिज भइसकेको छ । फिल्मको सार्वजनिक पहिलो गीतमा सुसान्तले एक पिठ्ठुको काम गरिरहेका दृश्यलाई देखाइएको थियो, भने दोस्रो गीत “क्वाफिराना”मा अभिनेत्री सारा र सुसान्तको केही लभ सिनलाई देखाइएको छ ।

हेर्नुस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू