सौतनी छोरी सारालाई करिनाले भनिन् ‘म कदापी साराको आमा बन्न सक्दिन’

रिता घिसिंग

एजेन्सी : नायिका करिना कपुरले सोतनी छोरी साराको आफु आमा बन्न नसक्ने बताएकी छन् ।उनले भनेकी छन् म साराको आमा नबनी राम्रो साथी बन्न सक्छु । कीनकी, उनीहरुको निकै नै राम्री आमा पहिले नै छिन् ।’ करिनाले अगाडि भनिन्–‘मैले सधै नै सैफलाई भन्ने गरेकी छु, सारा र इव्राहिमको म साथी मात्र बन्न सक्छु । म कहिले पनि उनीहरुको आमा बन्न सक्दिनँ ।

करिनाले सारा र इब्राहिमले आफ्नो कुनै पनि सल्लाह चाहेको खण्डमा आफू सधै नै तयार हुने समेत खुलाइन् । करिनाले साराको खुलेर प्रशंसा गर्दै भनेकी छन् ।‘सारामा यस्तो गुण छ जुन निकै कममा मात्र हुन्छ । उनीसँग सुन्दरता र दिमाग दुबै छ । यो बलिउडमा धेरै लामो समयपछि मात्र भएको हो । उनले कुनै पनि मानिससँगको कुराकानीलाई सजिलै सम्हाल्न सक्छिन् ।’

उनको भविष्य सुन्दर छ ।कलाकार अमृता सिंहसँग डिभोर्स गरेपछि सैफले करिनासँग बिहे गरेका थिए ।करिनाले अमृतासँग पनि आफ्नो सम्बन्ध राम्रो भएको बताएकी छन् । सारा अभिनित फिल्म केदारनाथ प्रर्दशनको तयारीमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू