आलियालाई लिएर रणवीर अस्पताल पुगेपछि सामाजिक संजालमा गर्भवती भएको चर्चा

रिता घिसिंग

एजेन्सी : रणवीर कपुरले आलिया भट्टलाई अस्पताल लिएर गएको भिडियो बाहिरिएपछि सामाजिक संजालमा आलिया गर्भवती भएको कुराले चर्चा पाएको छ । मंगलबार रणवीरले आलियालाई मुम्बइको जुहुस्थित एक अस्पताल लिएर गएका थिए । यो घटनाको भिडियो बाहिरिएपछि आलिया गर्भवती भएको चर्चा बढेको हो । सामाजिक संजाल प्रयोगकर्ताहरुले आलिया गर्भवती भएको अड्कल काट्दै विभिन्न ट्रोल बनाइरहेका छन् ।

आलिया गर्भवती भएका कारण रणवीरले अस्पताल लिएर गएका भने होइनन् । ‘ब्रह्मास्त्र’ फिल्मको सुटिङका क्रममा आलियालाई चोट लागेपछि रणवीरले उनलाई लिएर अस्पताल गएका थिए । यी दुई यही फिल्मको सुटिङका क्रममै नजिकिएका हुन् । सुटिङका क्रममा उनीहरु लामो समय बुल्गेरियामा बसेका थिए । त्यही क्रममा उनीहरुबीच निकटता बढेको बताइन्छ । त्यसपछि उनीहरु सोनम कपुरको रिसेप्सन पार्टीमा पनि सँगसँगै थिए । एक अन्तरवार्ताको क्रममा आलियाले भने आफूहरु साथीमात्र भएको बताएकी थिइन् तर रणवीरले भने एक अन्तरवार्तामै यही विषयमा सोधिएको प्रश्नमा घुमाउरो पारामा सम्बन्ध स्वीकार गरेका थिए । उनले भनेका थिए ‘यो अहिले नयाँ नै छ यसलाई परिपक्व हुन दिनुहोस् ।’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू