पिएनपिखबर, भक्तपुर : केहि समय अघि काठमाडौँमा सार्वजनिक यातायात लगायत विभिन्न चोक-चोकमा गीत सुनाएर दैनिक जीविका चलाउदै आएका जनक गंदर्भले मगलबार आफ्नो पहिलो गीत रेकर्ड गराएका छन्।
काठमाडौँको बानेश्वरस्थित प्रज्ञा साउण्ड रेकर्डिङ स्टुडियोमा उनले आफ्नो गीत रेकर्ड गरेका हुन्। जनकको जीवनमा आधारित रहेर उक्त गीतको रचना गरिएको संचारकर्मी शिशिर भण्डारीले बताए।
भण्डारीले सारँगी बजाउँदै बाटोमा हिडिरहेका पश्चिमका जनक गन्धर्वलाई कपडा किन्दिनुको साथसाथै उनलाई पढाउने र घर बनाउने समेत जिम्मा लिएका छन् । सुस्त मनस्थििति भएका आफ्नो बाबु आमा पाल्न र ९ बर्षका भाईलाई पढाउने अठोट लिएर दाङबाट काठमाडौँ छिरेका १३ वर्षीय जनक गंदर्भ अहिले निकै चर्चित छन्।
दाङबाट सारंगी बजाएर गीत गाउन शुरु गरेका जनक गंदर्वको कलाकारितामा ठुलो रुची छ। उनको भविष्यमा एक सफल कलाकार बनेर राष्ट्रको नाम उज्ज्वल पार्न सपना पुरा गर्ने संचारकर्मी भण्डारीले जिम्मा लिएका छन्। उनले भावुक गीत मात्र होइन उनी अहिलेका चलेका र्यापर भी-टेनको गीत समेत उत्तिकै राम्रोसंग सारंगीको तालमा बजाउन सक्छन।
उनका बाबु आमा पनि सारंगी रेटेर नै जीविका चलाउदै आएका छन। उनको परिवारमा एक भाइ र दुई दीदी पनि छन । आर्थिक अभावको कारण ३ कक्षासम्म मात्र अध्ययन गरेका उनी बोर्डिंग स्कुलमा पढ्ने चाहना छ जुन अब चांडै पुरा हुनेछ। उनको भविष्यको लागि र शिक्षाका लागि धेरैले सहयोग गरिरहेका छन् ।
हेर्नुहोस भिडियो :