राजविराज, ६ मङ्सिर: सप्तरी डाकनेश्वरी नगरपालिका–६ कटैयाका महेन्द्र सदाको २५ वर्षीया छोरा अजयकुमार सदा विगत चौध दिनदेखि बेपत्ता छन् । कात्तिक २३ गते भाइटीकाका दिन भारतको विहार राज्यअन्तर्गत मधुवनी जिल्ला करियोत भने ठाउँबाट अजय बेपत्ता भएको उनका बुबा महेन्द्र सदाले बताउनुभयो ।
करियोत अजयको घरदेखि दुई किलोमिटर दक्षिणमा पर्दछ । यसैबीच आफ्नो छोरालाई खोजी गरिदिनका लागि बुबा महेन्द्र सदाले स्थानीय प्रहरी, प्रशासन, सञ्चारकर्मी, नागरिक समाज लगायत सबैसँग आग्रह गर्नुभएको छ ।
-रासस