सेवाग्राही ठग्ने तीन जना पक्राउ

admin

काठमाडौँ, ६ मङ्सिर : प्रहरीले ताहचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागमा सेवाग्राहीलाई ठग्ने तीन विचौलियालाई पक्राउ गरेको छ ।

श्रम स्वीकृतिका लागि आउने सेवाग्राहीलाई विभिन्न बहानामा ठगी गर्दै आएको गुनासोका आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आज काठमाडौँ कालिमाटीका २४ वर्षीय सुरेन्द्र पाँचकोटी, धादिङ जिवनपुरका २९ वर्षीय सुजन लामा र सर्लाही लालबन्दीका २६ वर्षीय निर्मल तामाङलाई पक्राउ गरेको हो । तीनै जनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया