निर्माण उपकरण तथा प्रविधि प्रदर्शनी शुरु

admin

भक्तपुर, ६ मङ्सिर : सल्लाघारीस्थित ९९ सय रोपनी क्षेत्रफल जमीनमा आजदेखि तीनदिने निर्माण उपकरण तथा प्रविधि अर्थात् कोनम्याक २०१८ शुरु भएको छ । प्रदर्शनीको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सांसद महेश बस्नेत र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीलगायतले संयुक्त रुपमा उद्घाटन गनुभयो । सो अवसरमा मन्त्री महासेठले नेपालको पूर्वाधार क्षेत्रको तीव्र विकासका लागि प्रदर्शनी ठूलो अवसर रहेको बताउनुभयो ।

प्रदर्शनीमा जेसिबी, एल एण्ड टी, हुन्डाई, क्याटरपिलर, टाटा, हिताची कम्पनीलगायत भारतका १५० भन्दा बढी व्यापार कम्पनीले आफ्ना उत्पादन तथा सेवाको प्रदर्शन गरेका छन् । नेपाल र भारतबीच यस उद्योगमा रहेको उच्च तहको आदानप्रदानलाई थप सुदृढ गर्नका निमित्त दुवै देशका निर्माण कम्पनीलाई एक ठाउँमा ल्याउने लक्ष्य प्रदर्शनीले राखेको सिआईआई कन्म्याक २०१८ तथा एमएडब्ल्यू अर्थमुभरका अध्यक्ष विष्णु अग्रवालले जानकारी दिनुभयो । प्रदर्शनी नेपाल निर्माण व्यवसायी महासङ्घ र नेपालका निर्माण व्यवसायीका लागि फाइदाजनक रहेको बताइएको छ ।
-रासस

प्रतिक्रिया