यी हुन् भाईटिकाको दिन आफ्नै श्रीमती मार्ने मान्छे, प्रहरीको फन्दामा यसरी परे [भिडियो सहित]

शर्मिला गुरुङ

पोखरा, ७ मङ्सिर : जिल्ला प्रहरी कार्यालय कास्कीले कार्तिक २३ गते पोखरामा आफ्नै श्रीमतीको हत्या गर्ने दुर्गाबहादुर घर्तीलाई पक्राउ गरेको छ । पक्राउ परेका घर्तीले कार्तिक २३ गते भाईटिकाको दिन ३२ बर्षिय सर्मिला घर्तीको हत्या गरी फरार रहेका थिए ।

घटनाको बारेमा जानकारी पाउन साथ तत्कालै कास्की प्रहरीले घटनाको सुष्म अनुसन्धान गर्यो र निज अभियुक्त रुपन्देही प्रहरीको सहयोगमा भैरहवा बसपार्कबाट पक्राउ परे । कास्कीका प्रहरी नायब उपरिक्षक रबिन्द्रमान गुरुङका अनुसार अनुसन्धानको क्रममा निज अभियुक्त दुर्गाबहादुर बुटवलमा रहेको जानकारी आएको र रुपन्देही प्रहरीको सहयोगमा पक्राउ गरिएको जानकारी दिनुभयो ।

यस्तै कास्की प्रहरीले २३ बर्षिय मनु गुरुङ र ३८ बर्षिय उदय गुप्ताको साथ बाट अबैध लागुऔषध फेला परेको छ । निज गुप्ताले चलाउदै आएको कारबाट ठूलो मात्रामा लागुऔषध र नगद बरामद गरको छ ।

हेरौं यो भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू