बीबीसी : कल्पना गर्नुस् विभिन्न परिवारले भरिएको एउटा टेवल छ, त्यस नजिकै युवतीहरु बसिरहेका छन् र उनीहरुलाई ज्यादै भोक लागेको छ। तर त्यो खाँदा उनीहरुको मृत्यु हुन सक्छ। तै पनि उनीहरुले त्यो खाने कुरा खानु परेको छ। १९४२ मा यो कल्पना एक वास्तविकता थियो। त्यो समय दोस्रो विश्व युद्धको थियो। जब १५ महिलाले आफ्नो ज्यान दाउमा राखेर जर्मनीका तानाशाह एडोल्ट हिटलरको ज्यान बचाउने काम गरेका थिए।
यी १५ युवतीको काम भनेको हिटलरलाई पकाएको खाना पहिला चाख्ने काम थियो। ताकि त्यो खानामा विष भए नभएको थाहा होस्। डिसेम्बर २०१२ भन्दा पहिला यो विषयमा कसैलाई जानकारीसमेत थिएन। यो सदस्य त्यतिबेला खुल्यो जतिबेला मार्गोट वोक नामकी एक महिलाले ७० वर्षपछि आफ्नो अनुभव सुनाइन्। र उनले आफू हिटलरको त्यो समूहमा भएको खुलाइन जसले खाना चाख्नेको काम गर्थे।
इटलीकी एक लेखिका रोजेला पास्टोरिनोले जब मार्गोट वोकका बारेमा रोमको एक पत्रिकामा पढे तब उनलाई त्यो कुराले निकै आकार्षित गर्यो।
त्यसपछि रोजेला पास्टोरिनोले ती महिलाको खोजी सुरु गरिन्। जसको प्रयोग गिनी पिगको जस्तै गरि गरिन्थ्यो। र उनी हिटलरका लागि खाना चाख्ने काम गर्थिन्।
यो खोजको नतिजा बनेको एक किताब ‘ला क्याटादोरा’ जसको सुरुवात मार्गोट वोकबाट हुन्छ। यो किताबले इटलीमा धेरै पुरस्कार पनि पाएको छ। अब यो किताब स्पेनिश भाषामा पनि प्रकाशित हुने भएको छ।
हिटलरका लागि काम गर्ने यी महिलामाथि किताब किन लेखियो?
एक खिन मैले इटलीको एक पत्रिकामा मार्गोट वोकका विषयमा एक लेख पढेँ। मार्गोट बर्लिनमा बस्ने ९६ वर्षीया बृद्धा थिइन्, जसले पहिलो पटक हिटलरको खाना चाख्ने काम गरेको खुलासा गरेकी थिइन्।
यो विषय निकै आश्चर्यजनक थियो। यो विषयमा कसैलाई जानकारी पनि थिएन। म आफैँ पनि पोल्याण्डमा वुल्फशाज गएँ, जसलाई वुल्फ डेन पनि भनिन्छ। दोस्रो विश्वयुद्धका क्रममा हिटलरको सबैभन्दा ठूलो मिलिट्री ब्यारेक थियो। म त्यहाँ गए र मानिसहरुलाई हिटलरका खाना चाख्ने मानिसको विषयमा केही जानकारी छ भनेर सोधेँ। तर कसैले पनि यो विषयमा जानकारी नभएको बताए। यो यस्तो विषय थियो जो कहिल्यै प्रकाशित भएको थिएन।
म के गर्न चाहन्थेँ भन्ने मलाइ पनि थाहा थिएन। तर मलाइ के लागिरहेको थियो भने मलाइ कसैले बोलाइरहेको छ। म मार्गोट वोकसँग भेट गर्न चाहन्थेँ। त्यसकारण मैले त्यो मिडिया हाउसको सहयोग मागेँ। तर त्यहाँबाट केही पनि जवाफ आएन।
तर जर्मनीकी एक साथीमार्फत मैले मार्गोटको घरको ठेगाना थाहा पाएँ। र मैले उनलाई भेट्लाई एक पत्र लेखेँ। तर त्यही हप्ता उनको निधन भयो।
त्यसपछि म निरास भएँ। मलाइ के लाग्यो भने मार्गोटको निधनपछि मैले यो प्रोजेक्ट छोड्दिनुपर्छ। तर मेरो दिमागमा अर्कै कुरा पनि आयो।
किनभने यी महिला नाजी भएकै कारण हिटलरका लागि खाना चाख्ने काम गर्न बाध्य पारिएको थियो। मार्गोट वोक हिटलरमा विश्वास गर्थिनन्, उनी हिटलरलाई बचाउन चाहँदैन थिइन्। तर उनलाई उक्त काम गर्न बाध्य पारियो।
हिटलरले उनलाई पीडित बनाए। किनभने दिनमा तीन पटक उनी मृत्युको खतरा उठाउँथिइन्। तर यसरी उनी हिटलरको ज्यान बचाएर उनको साथ पनि दिइरहेकी थिइन्। २० औं शताब्दीको सबैभन्दा ठूलो अपराधीलाई बचाएर उनी त्यही व्यवस्थाको हिस्सा भएकी थिइन्। यही विरोधाभाषले मलाइ किताब लेख्न प्रेरित गर्यो।
मार्गोट वोकको कथा एक विषेश प्रकारको कथा हो। तर यो निकै सामान्य छ। किनभने कोहीपनि व्यक्ति जीवितै रहन आफ्नो इच्छा त्याग गरेर तानाशाहीलाई सहयोग गर्न सक्छ। यो दोहोरो चरित्र र दोहोरो विचार जोड्ने एक आकर्षक चरित्र हो।
उनको किताबमा हिटलरलाई पनि यस्तो व्यक्तिका रुपमा चित्रण गरिएको छ जो गहिराईमा विरोधाभासी छन्। यस्ता व्यक्ति जो ६० लाख यहुदीको नरसंहार गर्न आदेश दिन्छन् तर मासु खाँदैनन्। किनभने जनवारलाई मार्नु उनी क्रुर सम्झिन्छन्। के वास्तवमा हिटलर शाकाहारी थिए वा यसका पछि के कारण थियो?
यो विषयको जानकारी हामीले हिटलरका सेक्रेटरीबाट पाएका छौं। उनका अनुसार हिटलर शाहाकारी थिए। एक पटक खाना खानेसमयमा आफ्ना नजिकका मानिससँग हिटलरले वधशाला देखेपछि आफूले मासु खान छोडेको बताएका थिए।
यो अचम्मको कुरा थियो की हिटलर जस्ता व्यक्ति वधशालालाई मन पराउँदैनन्। त्यही वर्ष उनले यस्तो नस्लवादी कानुन बनाएका थिए जो यहुदीको संहरको सुरुवात बनेको थियो। तर त्यही क्रममा यस्तो पनि कानुन बनाए जुन कानुनले कुकुरको पुच्छर र कान काट्नबाट रोक्थ्यो।
मेरो हिटलरका दुई सौतेनी बहिनीका विषयमा निकै रुची थियो। नाजी प्रचारले हिटलरलाई देवताजस्तै देखायोे। जसको हातमा कसैको जीवन हुन्थ्यो। तर त्यो देखिँदैन थियो। तर हिटलरलाई नजिकबाट चिन्नेहरु उनलाई एक मानिस भएको बताउँछन् र यो निकै महत्वपूर्ण हो।
केही मानिस मलाइ हिटलरलाई मानिस भन्दा दोष दिन सक्छन्। तर उनी एक मानिस थिए र मलाइ के लाग्छ भने उनलाई सम्झिनु एक जिम्मेवारीको काम हो। कुनै नराम्रो कुरालाई सम्झिनु यो भन्दा अर्को तरिका छैन।