चलचित्र ‘जिरो’को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : डिसेम्बर २१ तारिखबाट रिलिज हुन लागेको बलिउड चलचित्र ‘जिरो’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । ‘मेरे नाम तु’ बोलको गीतको भिडियो सार्वजनिक भएसँगै युट्युबमा यसले हंगामा मच्चाएको छ । आनन्द एल राइको निर्देशनमा तयार भएको यो चलचित्रलाई गौरी खानले निर्माण गरेकी हुन् । हिमान्सु शर्माको लेखनमा तयार भएको चलचित्रको यो गीतमा अभय जोधापुरकारको स्वर, अजय–अतुलको संगीत, इर्शाद कामिलको शब्द रहेको छ ।

युट्युबमा गीतको २ मिनेटको मात्र भिडियो सार्वजनिक गरिएको छ । गीतको भिडियोमा नायक साहरुख खान र नायिका अनुष्का शर्मालाई फिचरिङ गरिएको छ । चलचित्रमा नायिका कट्रिना कैफको पनि मुख्य भूमिका छ । चलचित्रमा साहरुख होचो व्यक्तिको भूमिकामा देखिएका छन् ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू