प्रकाश स्मृति कपको उपाधि प्लानिङ ब्वाइजलाई

admin

जिरी, ७ मङ्सिर : दोलखाको सदरमुकाम चरिकोटमा भएको प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज काँडाघारी भक्तपुरले जितेको छ । आज भएको फाइनल खेलमा जिल्ला फुटबल सङ्घ दोलखालाई २–१ गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो ।

विजेता प्लानिङ ब्वाइजले नगद रु दुई लाख ५० हजार शिल्ड तथा मेडल प्राप्त गरेको छ । उपविजेता दोलखाले रु एक लाख २५ हजार शिल्ड तथा मेडल हात पार्न सफल भएको छ । खेलका विजेता टोलीलाई खानेपानीमन्त्री बीना मगरले नगद तथा ट्रफी प्रदान गर्नुभयो ।
-रासस

प्रतिक्रिया