विद्यालयलाई आर्थिक सहयोग

admin

म्याग्दी ८ मङ्सिर : अन्नपूर्ण गाउँपालिका–८ राम्चेस्थित देउराली आधारभूत विद्यालयलाई एक परिवारले दुई लाख ५० हजार उपलब्ध गराएको छ । पोखराको अर्घौलाई कर्मथलो बनाएका उक्त स्थानका कुमबहादुर पुर्जाको परिवारले विद्यालयमा स्थापित अक्षयकोषमा शुक्रबार रु दुई लाख ५० हजार प्रदान गरेको हो ।

गाउँ छाडेर गएको ३८ वर्षपछि जन्मथलोमा आउनुभएका पुर्जाले त्यहाँस्थित देउराली आमा समूहलाई रु ५० हजार पनि प्रदान गर्नुभएको थियो । सहयोगदाता पुर्जाका परिवारलाई स्थानीय आमा समूह, बाबा समूह, विद्यालय र युवा क्लबले सम्मान गरेका थिए । निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउनका लागि स्थापित अक्षयकोषमा हालसम्म पुर्जासहित २० जनाबाट रु २५ लाखभन्दा बढी प्राप्त भएको विद्यालयका संस्थापक फासबहादुर गर्बुजाले बताउनुभयो ।
-रासस

प्रतिक्रिया