दर्दनाक दृश्यः निर्मला पन्तका बुबाको बिग्रियो मानसिक सन्तुलन, बन्दुक खोस्ने प्रयास (भिडियोसहित)

रिता घिसिंग

काठमाडौं : कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका बुबा यज्ञराज पन्तले मानसिक सन्तुलन गुमाउनु परेको छ। महिनौँ देखि न्यायको भिख माग्दै आएका निर्मलाका बुबा र उनको परिवारको बिछिप्त हालत दर्शाउने यो भन्दा दर्दनाक अवस्था के होला?

बुबा यज्ञराजको मानसिक सन्तुलन बिग्रिएपछि उनले सडकमा अस्वाभाविक हर्कतहरू गरेका दृश्य यो भिडियोमा देखिन्छ। न्यायका लागि धर्नमा बसेका बेलामा पनि उनी बर्बराउने, नाराबाजी गर्ने र बेलाबेलामा जोसिने अनि रूने गर्दै आएका छन्।

सरकारसँग न्याय माग्दामाग्दै थाकेका निर्मलाका पिताको कहालिलाग्दो यो अवस्था देख्दा कसको मन थामिएला? यो देशमा यदि न्याय हुन्थ्यो भने यी पिताको आज यो हाल पक्कै हुने थिएन।

निर्मलाका बुबाले मानसिक सन्तुलन गुमाएपछि बीच सडकमा र धर्नामा देखाएको यो अस्वाभाविक कृयाकलाप र हिंस्रक व्यवहारले उनको बेहाल अवस्था दर्शाउँछ।

कतिसम्म भने निर्मलाका बुबा यज्ञराजले सुरक्षाकर्मीको हातबाट बन्दुक खोस्ने प्रयास समेत गरेका छन्।

भिडियोः

प्रतिक्रिया

सम्बन्धित समाचारहरू