शृंखला खतिवडाको आमा भन्छिन “शृंखला अब मेरो मात्र हैन सारा नेपालकी छोरी हुन्” (भिडियोसहित)

रिता घिसिंग

काठमाडौं : मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धाको जारी अन्लाइन भोटिङमा मिस नेपाल शृङ्खला खतिवडा धेरै मत ल्याउने प्रतिस्पर्धी हुन्। यतिबेला चीनको सान्या सहरमा मिस वर्ल्ड २०१८ को उपाधिका लागि १ सय २१ देशका सुन्दरीहरु भिडन्तमा छन् । मिस वर्ल्ड-२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा मिस नेपाल-२०१८ शृंखला खतिवडा सेमिफाइनलमा प्रवेश गरि सकेकी छिन् । उत्कृष्ट ३० मा छनोट भएकी उनी सेमिफाइनलमा पुगेकी हुन् ।

मिस नेपाल शृंखला तत्कालीन नेकपा (एमाले)की मकवानपुर जिल्ला अध्यक्ष भइसकेकी प्रदेश सांसद मुनु सिग्देलकी छोरी हुन्। उनको निम्ति मिस नेपाल प्रतियोगिताको ढोका खोल्न आफूले सघाएको आमा मुनु बताउछिन।

मिस नेपाल शृंखला खतिवडाकी आमा मुनु सिक्देल भन्छिन ‘उनि सानै देखि ज्ञानी र राम्री पनि थिइन्। उनि सबैलाई आधार गर्ने सानालाई माया गर्ने, अन्याय बिरुद्ध लड्ने, पढाईमा पनि अब्बल थिइन्।’

उनि लक्ष्य मिस नेपाल बन्ने साथै मिस वर्ल्ड बनि नेपाललाई विश्व सामु चिनाउने रहेको थियो । शृंखलाकी आमा आफ्नो छोरी मिस वर्ल्ड बन्नेमा निकै विश्वस्त छिन। शृंखलाले मिस वर्ल्डको ताज पहिरिन सफल हुन्छिन भन्नेमा आमा मुनुलाई विश्वास पनि छ। उनले पिएनपिखबरसंग गरिएको कुराकानीमा छोरी शृंखलालाई इमान्दारीपुर्वक लागि पार्नु अहिले नेपालीहरु सबैले माया गरिरहेका छन्। सबैको मायालाई आत्मासाथ गर्दै आफ्नो मिसनमा उत्साही भएर निरन्तर लागि रहनु भनेका छन्। साथै उनले नेपालीहरु सबैलाई भोट गरि सहयोग गरि दिनु हुन् अनुरोध पनि गरेकी छिन।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू