सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन : डा कोइराला

admin

नेपालगञ्ज, ८ मङ्सिर : नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।

बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिकाको जमुनीमा आज आयोजित आमसभामा उहाँले सरकारले जनतामाथि करको भार बढाउनु गलत भएको तर्क गर्नुभयो । जनताको सच्चा साथी काङ्ग्रेस भएको दावी गर्दै नेता कोइरालाले लोकतान्त्रिक चरित्रलाई काङ्ग्रेसले कहिल्यै नछाड्ने दावी गर्नुभयो ।

आमसभामा काङ्ग्रेसका केन्द्रीय नेता अमरेशकुमार सिंह, सांसद मोहम्मद याकुव अन्सारी, सर्वतआरा खातुन लगायतले पार्टीलाई एकीकृत बनाएर जनताको पक्षमा लाग्ने वातावरण बनाउने दावी गर्नुभयो ।
-रासस

प्रतिक्रिया