जनताले अर्काको देशमा रगत र पसिना बगाएर तिरेको राजस्वले १८ करोडको गाडी किन्न खोज्ने यी सामन्ती हुन् : ज्ञानेन्द्र शाही [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  युवा विश्लेषक ज्ञानेन्द्र शाही पछिल्लो समयमा करको प्रणालीबारे विरोध गर्दै आएका छन्। राज्यले गलत गरे पनि अन्त्य सत्य कै बाटोमा राज्य हिड्नुपर्ने उनको भनाई छ। यति बेला उनी ‘नेपालको लागि नेपाली’ भन्ने अभियान र भ्रष्टाचारको विरुद्धमा नागरिक आयोगको गठन गर्ने कार्यमा लागि परेका छन्।

‘नेपालका लागि नेपाली’ अभियानको उद्देश्य भ्रष्टाचार न्यूनीकरणका साथसाथै सत्य तथ्य बाहिर ल्याउनु रहेको शाहीके बताए । यस अभियानमा नागरिकहरु देखि कानुनीविद र विभिन्न अधिकारीहरु मिलेर जुटिरेको उनको भनाई छ ।

उनले राष्ट्रपतिले १८ करोडको गाडी किन्ने विषयलाई एक विकृती भनेका छन्। ”जनता भोक भोकै मर्ने अबस्था छ। जनता रोजगारी नपाएर विदेशमा ५५ डिग्री सेल्सियसको तातो घाममा काम गर्नु परेको छ। रगत र पसिना गरेर जोडेको रुपैयाले राजस्व तिर्नुपरेको छ त्यो रकमले १८ करोडको गाडी किन्ने यी सामन्ती हुन्।,” उनले भने। देशको अर्थतन्त्रलाई मध्यनजर गर्दा यस्तो विलासिलता राख्नु हैसियतबाहिर रहेको उनले बताए।

उनले भने, ‘देशलाई ३ खर्बको ऋण छ। जनताको विकासको लागि ऋण लेराउने अनि जनताको विकासको साट्टो आफै १८ करोडको गाडी किन्ने। राष्ट्रपतीले जनताको एक पैसा पनि तलमाथि गर्ने मिल्दैन। यिनीहरु राजा, राणाभन्दा पनि भ्रष्टचारी हुन्। यी देख्दै नदेख्या मानिसले झ्याप देख्यो भने बढी देख्छ भने जस्तै अहिलेको सरकार टुप्पोबाट पलाएका हुन्।’

शाहीले भने, ‘देश भनेको कसैको बाउको बिर्ता हैन। जनताले रगत र पसिना बगाएर तिरको कर सरकारी कर्मचारीले गाडी चढेर हिड्नलाई तिरेको हैन। यो कर भनेको जनताले अर्काको देशमा गएर काम गर्न नपरोस भनेर तिरेका हुन्।’ बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू