अन्जु पन्त जस्तै स्वर भएकी कैलालीको बिष्णाले गीत गाउँदा बाजुराका ध्रुव बिक भावुक बने [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। कैलालीकी १३ वर्षीय बिष्णा बिकको बाल प्रतिभा भर्खरै काठमाडौँ भित्रिएको छ। उनी कैलालीमा नै कक्षा १० मा अध्ययन गर्छिन्। उनको स्वर एकदम सुरिलो र मधुर भएकाले उनी गाउने पनि गर्छिन्। उनको स्वरलाई कतिले अन्जु पन्तको अवाजसँग दाजेका छन्। ओम सुनारको सहयोगमा उनी गीत रेकर्ड गर्न भनेर काठमाडौँ आएकी हुन्।

विशेष गरी उनको अवाजमा क्लासिकल गीत मिठो सुनिन्छ। उनलाई गाउन मन पर्ने पनि क्लासिकल गीत नै रहेको उनले बताइन्। आफ्नो अवाजमा एउटा गीत रेकर्ड गराउनको निमित्त नै उनी ठुलो सपना बोकेर काठमाडौँ आएकी हुन्। हाल उनी ओम सुनारसँगै बसेकी छिन्। अब केहि समयको काठमाडौँ बसाई पछि उनी पुन: आफ्नो जन्मथलो जाँदै छिन्।

काठमाडौँ आएको बेला उनले थुप्रै चर्चित व्यक्तिलाई भेटिसकेकी छिन्। बाजुराका ध्रुब बिकसँग पनि उनले भेटिन्। दुवैले एकअर्का सँग चिनजान गरे। आफुले एकअर्कालाई गीत गाएर समेत सुनाए। दुबैको स्वरमा कुनै कमि छैन जस्तो भान भएको उनीहरुले बताए। रमाइलो गफगाफसँगै उनीहरुले अन्तर्वार्तामा नै अन्ताक्क्षिरि पनि खेले।

ध्रुब बिक पनि पारिवारिक अवस्था र आर्थिक अवस्था नाजुक भएकै कारण गायक बन्ने ठुलो सपना बोकेर काठमाडौँ आएका थिए। अहिले उनले एउटा गीत समेत रेकर्ड गरिसकेका छन्। हाल उनी कपन स्थित तिरुपति बोर्डिंग स्कुलमा अध्ययनरत छन्।

हेर्नुहोस् ध्रुब बिक र ब्रिष्ना बिकसँग गरिएको कुराकानी :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू