मान्छेको कुरा बुझेर सङ्केत गर्ने यो कस्तो अचम्मको कुखुरा जसको मुल्य मात्रै पर्छ दुई लाख ! (भिडियो)

मनिषा थापा

पोखराको लेखनाथस्थित राजेन्द्र अधिकारीको फर्ममा २ लाख पर्ने लोकल रातो भाले भेटिएको छ ।अचम्म लाग्दो १५ वर्ष पालेको यस्तो रातो भाले भेटिएको हो।

उनले फर्ममा लोकल कुखुरा, क्रस, लुइँचे, वनराजा, हाँस लगायत पशुपंक्षिहरु पालेका छन् जसमा बिउको लागी पालेको लोकल भालेमा यस्तै मानव चेतना जस्तै त्यहाँ भएको सबैलाई नियन्त्रण गर्ने जस्तै सबै कुखुरा बोलाएर भाषण दिने, आकाशमा चिल घुम्यो भने सबै कुखुरालाई खबर गर्ने र कुनै कुखुरा हरायो भने पनि खोजेर ल्याउँने काम गर्ने चलाख भाले रहेको पोल्टीफर्मका संचालक राजेन्द्र अधिकारी बताए ।

उनका अनुसार यसको बीउ उत्पादन गर्न बिभिन्न संघसंस्था आएर २ लाख दिदाँ पनि नबेचेको र यो भालेले बार्षिक २० लाख भन्दा बढी आन्दानी गराईरहेको बताए ।

त्यसैगरी २ लाखको भाले हेर्नको लागी र पशुपंक्षींबारे अनुसन्धान गर्नको लागी उनको फार्ममा ठुलठुला मन्त्रीदेखी सर्वसाधरणको घुईचो लाग्ने गरेको अधिकारीले बताए । नेपालमै १० हजार भन्दा माथि पर्ने कुखुराहरु नदेखेको नसुनेको लागी यस कुराले होइन होला भन्ने शकां र आश्र्चय जनाएको छ । यदि विश्वास नलागे हेर्नुहोस यो भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू