ज्योति मगरहरु भनेका प्रबिधी हुन् जसले बलात्कारलाई प्रमोट गरिरहेका छन्: खगेन्द्र बिसी [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। खगेन्द्र बिसी पेसाले शिक्षक हुन्। दैलेखमा जन्मेका उनी हाल चाबहिल, काठमाडौँमा बस्छन्। सुन्दर शान्त नेपाल नामक एकि सामाजिक संस्थाको सदस्य पदमा आवद्ध रहेर उनी सामाजिक कार्यमा पनि अग्रसर छन्।

पेसाले शिक्षक भएकै कारणले होला उनले एक आर्टिकल लेखेका छन्।उनको आर्टिकलमा बलात्कारको कारण ज्योति मगरहरु जस्ताको भल्ग्यारिटि, छाडापनका कारण भएको हो भनेर प्रष्ट पार्न खोजेका छन्। उनले काल्पनिक आर्टिकलको शिर्षक नै ‘ज्योति मगरहरुको भिडियो हेरेर एक महिना पछि एक युवकले कन्चनपुरमा बलात्कार गर्यो’ राखेका छन्। उनको आर्टिकलको शिर्षक सुन्दा जो कोहि लाई पनि अचम्म लाग्न सक्छ।

आर्टिकल लेख्नुको कारण भने अहिले युबतिको छाडापन, लुगा लगाउने तरिकाले गर्दा नै बलात्कारको घटना दिनानुदिन घटिरहेको उनको बुझाई छ। उनको सोहि बुझाइ उनी आम दर्शकलाई बुझाउन चाहन्छन्। सबै महिला त्यस्ता छैनन् तर केहि यस्ता मोडल, गायिका, नायिकाको अंग प्रदर्शन, छाडापनको कारण एक युवकले हेरिसके पछि उसलाई बिस्तारै बलात्कार गर्न उत्साहित हुने उनले बताए।

उनले भने ,’भर्खरको युवा पिढीहरुले टिभी सामाजिक संजालमा नग्न तस्विर देख्दा उनीहरुलाई झनै धेरै नग्न हेर्न मन लाग्छ। बिस्तारै उनीहरु पुर्ण हेर्न तिर लाग्छन्। उनीहरुको यौन चाहाना झनै बढ्दै जान्छ। महिलालाई भन्दा पुरुषल़ाई बढी यौन चाहाना हुने भएकोले उनीहरु बलात्कार गर्न सम्म पछि हट्दैनन्।’

सामाजिक संजालमा यस्ता विकृतिहरु रोक्न कै लागि उनले एउटा क्याम्पेन चलाउने पनि बताए। उनको आफ्नो क्याम्पेन मार्फत छाडापन, र विकृति विरुद्ध सबैलाई आह्वान गर्ने बताए। उनले मात्र होइन यस्तो कार्यमा सबैले साथ दिन एकदम आवश्यक भएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू