युवा साकोसको वृहत बाल भेला कार्यक्रम सम्पन्न

admin

काभ्रे, ९ मङ्सिर :युवा बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना बाल सदस्यहरूलाई केन्द्रित गरी वृहत बाल भेला कार्यक्रम मंसिर ८ गते बनेपा पार्टी भन्यूमा सम्पन्न गरेको छ । पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा युवा बचत तथा ऋण सहकारी संस्था लि. सञ्चालक समिति सदस्य तथा बाल उप–समिति संयोजक अनु मस्याजुको सभाध्यक्षता रहेको थियो ।

कार्यक्रममा बाल सदस्यहरूलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै १६ वर्ष उमेर पुगेका बाल सदस्यहरूलाई शेयर सदस्यमा स्वागत गरी शेयर प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरी कार्यक्रममा बाल सदस्यहरूले आफ्ना प्रतिभाहरू पनि पस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै पत्रकार महासंघ काभे्रका अध्यक्ष मोतिराम तिमल्सिनाले सबैका लागि सहकारी भन्ने मुल नारालाई आत्मसात् गरेकोमा खुसी व्यक्त गर्नुभयो । युवा साकोसले बाल सदस्यलाई लक्षित गरी निर्माण गरेका विभिन्न योजनाहरू दीर्घकालसम्म संचालन भइरहून् र लक्षित वर्गका लागि फलदायी होऊन् भन्ने कामना पनि गर्नुभयो ।

कार्यक्रममा सञ्चालक समिति सदस्य तथा शिक्षा उप–समिति सदस्य कौशलराज खड्काले बाल बालिकाहरू माथि हुने यौन दुव्र्यवहारबाट कसरी बच्ने भन्ने विषयमा जानकारी प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रतिभा प्रदर्शन गर्नुहुने सम्पूर्ण सदस्यहरूलाई पुरस्कृत गर्नुका साथै प्रशंसा पत्र पनि प्रदान गरिएको थियो । कार्यक्रमको संयोजन बाल उप–समितिले गरेको थियो ।

बाल उप–समिति संयोजक तथा कार्यक्रमकी सभाध्यक्ष अनु मस्याजुले युवा साकोसले हरेक उमेर समूहका सदस्यहरूका लागि यस्तै प्रकारका कार्यक्रमहरू सञ्चालन गर्दै आएको र भोलिका दिनमा पनि यस प्रथालाई निरन्तरता दिने कुरा व्यक्त गर्नुभयो । विगत दुई दशकभन्दा लामो समयदेखि वित्तीय सेवा पु¥याउँदै आएको युवा साकोस समाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहँदै आएको छ ।

प्रतिक्रिया