पुर्व राजा रानीको गीत गाउँदा पिच रोडका गायक समिर विवादमा [हेर्नुहोस भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, १० मङ्सिर : पछिल्लो समय करोड क्लबमा प्रवेशमा गरेको पिच रोड गीतबाट सर्वाधिक चर्चामा रहेका गायक समिर आचार्य हिजो आज अस्ट्रेलियामा रहेका नेपाली समुदाय माझ चर्चित पात्र बन्न पुगेका छन् । उनको चर्चाको प्रसंग हो एन आर एन अस्ट्रेलिया एनएसडब्लुको नेपाल फेस्टिबल।

हजारौ दर्शकको उपस्थिति गराएर नेपाली भाषा, मौलिक सस्कृति, नेपाली परम्परा झल्काउने विभिन्न खाले सास्कृतिक प्रस्तुतिका साथमा नेपाल फेस्टिबल मनाइदै आएको छ। सोहि अनुरुप गएको शनिबार (२४ नोभेम्बर) अस्ट्रेलियामा नेपाल फेस्टिबल भब्य रुपमा पनि सम्पन्न भयो ।
नेपालबाट विभिन्न कलाकारहरु पनि बोलाइएको थियो भने अस्ट्रेलियामा रहेका समिर आचार्य, इश्वोर पोख्रेल लगाएतका गायकहरुको पनि उपस्थित थियो ।

प्रसंग जोडौ, समिरको चर्चाको
जब स्टेजमा समिरले “जहाँ सिंगो नेपाल हुन्छ ताहा राजा रानी हुन्छ बोलको गीत गाए, दर्शक दिर्घामा राम्रो तारिफ पनि पाए, उनको पिच रोडमा पनि दर्शक खुब रमाए।
कार्यक्रम सकियो भब्य पनि भयो तर सामाजिक संजाल भने रंगिन सुरु भैसकेको थियो। केहिले समिरको गीतको तारिफ गर्दै गीत न हो गाउन पाउनु पर्छ भन्दै स्टाटस लेखे भने कति पयले पूर्व भैसकेका राजा रानीका बारेमा यसरि खुल्ला रुपमा कलाकार सार्बजनिक हुनु आपत्ति भएको भनि सामाजिक संजालमा आक्रोश पोखे ।

एक मिडियाले समिरलाइ तपाईले किन एस्तो गीत गाउनु भएको ?, तपाईको त बिरोध भैराको छ नि, के भन्नु हुन्छ भनि प्रश्न सोधेको प्रश्नमा समिरको जवाफ एस्तो आयो – “मेरो लागि यो बिशुद्ध राष्ट्रिया गीतको रुपमा प्रस्तुत गरेको हुँ, म अहिले सम्म कुनै पनि राजनैतिक दलको सदस्य छैन र राजा हाम्रो इतिहास हो, २५० बर्ष लामो इतिहास हो, सजिलै भुल्न कहाँ सकिछ र ? राजनैतिक परिबर्तन सँग सँगै एउटा श्रस्टाको सिर्जना कसरी परिबर्तन हुन सक्ला तपाई आफै भन्नुहोस न, र अर्को कुरा बिरोध, यो भै नै रहन्छ, मलाई केहिँ आपत्ति छैन, यदि साँच्चै नै यो गीत गलत छ र गाउन,सुन्न नमिल्ने नै हो भने सामाजिक संजालमा बिरोध गर्ने आदरणीय मित्रहरुलाई मेरो आग्रह छ, मैले त गीत मात्र गाएको हुँ, गीत गलत हो भने नेपाल सरकारलाइ आग्रह गर्नुहोस, सबै तिरबाट गीतलाइ हटाउन लगाउनुहोस, सामाजिक सञ्जाल युट्युब सबै तिर बाट, अनि सरकारलाइ अनुरोध गर्नुहोस गीतलाइ सार्बजनिक रुपमा बहिस्कार गर्न लगाउनुहोस, त्यसपछि अर्को कुरा गरौला ।”

हेर्नुहोस समिरले अस्ट्रेलियामा दिएको प्रस्तुति :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू