भवानी माता भन्छिन, ”देशमा पितृश्राप परेका कारण सङ्कट आइलागेको छ, नेपाललाई सङ्कटबाट बचाउन राजा चाहिन्छ” [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  भवानी माता चिउडोमा दारी र कम्मरमा शिव लिङ्ग उत्पत्ति भए देखि माताको रुपमा पुजिदै आएकी छिन्। उनको घरको प्रांगण भरि भक्तजनको भिड हुने गर्छ। देश विदेश देखि उनलाई भेट्नलको लागि भक्तजनहरु आउने गर्छन।

उनी झारफुख गर्ने, विरामीलाई ठिक गर्ने, झोखाना हेराउन देखि भविष्य वाणी समेत गर्ने गर्छिन। मातालाई दर्शन गर्न बुधबार र शुक्रबार बाहेक अन्य दिन विहान भेट्न सकिनेछ।

पछिल्लो समय एकाएक सामाजिक संजालमा भाईराल भएकी मातालाई देश विदेशमा बस्ने नेपालीद्वारा सहयोगले मन्दिर निर्माण भएको छ । गत शुक्रबार उक्त को मन्दिरमा एकादशीको पुजा लगाइएको थियो जसमा धेरै भक्तजनहरुको सहभागिता थियो। माताले  निरहार तपस्या गरेर बसेको १३ वर्ष लागेको छ।

माताको अन्तरवार्ताहरुमा केहि व्यक्तिले आलोचना गरेका छन् त कतिले माताको जय जयकार गरेका छन्। माताले नराम्रो कमेन्ट गर्ने आफ्नै परिवारभित्रका सदस्य रहेको आरोप लगाइन। उनले कमेन्ट गर्नेलाई श्राप समेत दिएकी छिन्। यसको साथै माताले गरेको कार्य विफल बनाउने धेरै रहेको र अब पनि दुस्मनले सताए बनबास जाने माताको भनाई छ।

माताको अपमान गर्ने व्यक्तिहरुलाई माता रहेको ४ किल्लाभित्र नआउन आग्रह गरेकी छिन्। माताले भगवानले बली नखाने र यो विकृति हटाउनलाई ठाउँ-ठाउँमा कार्यक्रम आयोजना गर्ने आगामी योजना रहेको बताइन।

उनले देशको स्थितिबारे बोल्दै भनिन्, ‘म देशमा शान्ति चाहन्छु। महंगी, बलात्कारी, भ्रष्टचारीहरुको बिगबिगी छ। उनले नेपाललाई सङ्कटबाट बचाउन राजा चाहिन्छ। यो देशमा पितृश्राप परेका कारण सङ्कट आईलागेको छ।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू