सहकारीद्वारा ज्येष्ठ नागरिकलाई वृद्धभत्ता वितरण

शर्मिला गुरुङ

बेझाड, १० मङ्सिर  :  स्थानीय अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ज्येष्ठ नागरिकलाई वृद्धभत्ता वितरण गरेको छ ।

सहकारीमा आबद्ध ज्येष्ठ सदस्यलाई वृद्धभत्ता वितरण गर्दै आइरहेको उक्त सहकारीले हाल ७० वर्ष उमेरमाथिका ६० ज्येष्ठ नागरिकलाई प्रतिव्यक्ति मासिक रु ५०० वृद्धभत्ता प्रदान गरेको स्थापक दीपेन्द्रप्रसाद पौडेलले बताउनुभयो ।उक्त सहकारीले तीन वर्षअघिदेखि ज्येष्ठ नागरिक पोषण खर्च शीर्षकअन्तर्गत सो भत्ता प्रदान गर्दै आएको अध्यक्ष तीर्थप्रसाद पङ्गेनीले जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया