सर्भेक्षक यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर

admin

काठमाडौँ, १० मङ्सिर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय, सप्तरीका सर्भेक्षक दीपेन्द्रप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जग्गाको क्षेत्रफल र नक्शा संशोधन गर्ने कार्यका लागि सेवाग्राहीसँग रु दश हजार घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको इटहरी कार्यालयबाट गएको टोलीले केही दिनपहिले पक्राउ गरेको थियो । आयोगले बिगो असुल गरी कैद सजाय समेतको माग गरी मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

आयोगले आजै बिपी मदन प्राथमिक विद्यालय, सुनसरीमा कार्यरत शिक्षक सुकलदेव खङ्गको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
-रासस

प्रतिक्रिया