स्वीट्जरल्याण्डमा आगलागी, छ जनाको मृत्यु

admin

स्वीट्जरल्याण्ड, १० मङ्सिर : स्वीट्जरल्याण्डको पूर्वी सहर सोलोथर्नमा आइतबार राती भएकोे आगलागीमा परी कम्तीमा बालबालिकासहित छ जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।

आगलागी हुँदा भवनभित्र करिब २० जना रहेका बताइएको छ । “भवनमा रहेका अधिकांश व्यक्तिलाई अग्नी नियन्त्रकले सकुशल उद्धार गरेका भएपनि बालबालिकासहित छ जनालाई उद्धार गर्न सकिएन,” सोलुथर्न प्रहरीले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । “उनीहरूको घटनास्थलमा नै मृत्यु भएको थियो ।”

घटनाबारे समाचार लिन पुगेका एएफपी फोटो पत्रकारले सहरको मध्यभागमा रहेको भवन आगलागीपछि पूर्णरूपमा कालो भएको बताए । आगलागीबाट त्यहाँका बासिन्दा शोकमग्न बनेको बताउँदै तत्काल क्षतिको विवरण आउन नसकेको उनले बताए ।

प्रहरीले आगलागीको कारण नखुलेकोले अनुसन्धान सुरु गरिएको जनाएको छ । राति २ः१० बजे भवनबाट अकस्मात धुँवा निस्केपछि स्थानीयले सुरक्षाका लागि घण्टी बजाएका थिए । सूचना पाउँदासाथ एम्बुलेन्स, अग्नी नियन्त्रक लगायतको दर्जनौँ उद्धारकर्मी घटनास्थल पुगेर थप क्षति हुनबाट बचाएको प्रहरीले जनायो ।
-रासस÷एएफपी

प्रतिक्रिया