गृहमन्त्रीसहित नौ मन्त्री परिवर्तन

admin

दमास्कस, १० मङ्सिर : सिरियाको सरकारले मन्त्रीमण्डलमा हेरफेर गरेको छ । राष्ट्रपति बसर अल असदले सोमबार मन्त्रीपरिषद्का सदस्यहरु हेरफेर गर्न निर्देशन दिए अनुसार नौ जना मन्त्री परिवर्तन भएका राज्यद्धारा संचालित समाचार संस्था सानाले जनाएको छ ।

उहाँको निर्देशन अनुसार जलश्रोत, आन्तरिक व्यापार, गृह, पर्यटन, शिक्षा, उच्च शिक्षा सार्वजनिक कार्य तथा निर्माण, संचार र उद्योग मन्त्रीहरु परिवर्तन परिवर्तन भएका हुन् ।

गृह मन्त्रीको परिवर्तनलाई सिरियामा बढी अर्थपूर्ण रुपमा लिएर चर्चा गरिएको छ । परिवर्तन गरिएका गृह मन्त्री मोहम्मद अल शार सन् २०११ देखि उक्त पदमा हुनुहुन्थ्यो ।
-रासस÷सिन्ह्वा

प्रतिक्रिया