आज अमेरिकी डलरको भाउ बढ्यो, हेर्नुहोस् कुन देशको कति पुग्यो ?

admin

काठमाडौं, मंसिर ११ : नेपाली बजारमा आज (मंगलबार) अमेरिकी डलरको भाउ बढेको छ। शनिबार, आइतबार र सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ मंगलबार ३२ पैसाले बढेको हो।नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १३ रुपैयाँ १० पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ७० पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ १ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १५ पैसा छ। त्यस्तै आज यूके पाण्डको खरिददर १४५ रुपैयाँ ३७ छ भने बिक्रिदर १४६ रुपैयाँ १४ पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ १४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ३० पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ६ पैसा र विक्रिदर ३१ रुपैयाँ २२ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

प्रतिक्रिया