आगलागीबाट रु नौ लाखको क्षति

admin

लमही, ११ मङ्सिर : दाङको गढवा गाउँपालिका–५ स्थित शमिम् उल्लाहाको घरमा सोमबार आगलागी हुँदा रु नौ लाखको क्षति भएको छ । विद्युत् चुहिएर आगलागी भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

आगलागीबाट सुनका गरगहना, लत्ताकपडा, दराजलगायत सामान जलेर नष्ट भएको प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया