फिजीमा भूकम्पको धक्का

शर्मिला गुरुङ

सुभा, ११ मङ्सिर (रासस/एएनआई) : फिजीमा मङ्गलबार बिहान ५ दशमलब ६ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

भूकम्पको केन्द्रविन्दु फिजीको राजधानी सुभाबाट ३१७ किलोमिटर टाढा रहेको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ ।

भूकम्पबाट कुनै क्षति नभएको अधिकारीहरुले बताएका छन् । फिजी विश्वमै भूकम्पीय जोखिम रहेको मुलुक हो ।

प्रतिक्रिया