ट्रीपरको ठक्करबाट मृत श्रीमानको मूल्य १ लाख तोकेपछि श्रीमतीको यस्तो आक्रोश [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

भक्तपुर  : भक्तपुर बालकोटमा गत बुधबार राति टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बुधबार राति साढे ८ बजे सुर्यविनायक नगरपालिका वडा नं. २ बालकोट रेडक्रस भवन नजिक कौशलटारबाट बालकोट तर्फ जाँदै गरेको बा ४ ख ८१८२ नंं को टिपरमा सोही दिशा तर्फ जाँदै गरेको बा ९९ प ८२८२ नं. मोटरसाइकल ठोकिँदा मोटरसाइकल पछाडी बस्ने महोत्तरी बर्दिवास घर भई ललितपुर जिल्ला चाँगाथली बस्ने २४ वर्षीय मनोज मगरको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका उनको वि एण्ड वि अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।

श्रीमानको मृत्यु भएपछि न्याय खोज्दै महानगरीय प्रहरी वृत्त ठिमीमा क्षतिपुर्ति माग गर्दै छिमेकीसंगै पुगेकी मृतककि श्रीमती सपना मगर टिपरमालिकले १ लाख मात्र क्षतिपुर्ति दिने भनेपछि आक्रोशित मुद्रामा प्रस्तुत भएकी थिइन। पिडित र पीडकबीच सहमति जुट्न नसकेपछि प्रहरी वृत्त ठिमीमा दुई पक्ष बीच चर्काचर्की परेको थियो। छिमेकी सहित श्रीमतीले १५ लाख क्षतिपुर्ति दिएमा सहमतिमा आउन सकिने बताएका थिए ।

मोटरसाइकल चालक मोरङ घर भई हाल काठमाडौं जडीबुटी बस्ने २३ वर्षीय राज पोख्रेल भने सामान्य घाइते भएका छन् । लामो समयको वार्तापश्चात अन्तत पिडित पक्षलाई ७ लाख दिनेमा टिपरको साहु सहमत् भएका थिए। टिपर र टिपर चालक काभ्रे रोशी गाउँपालिका १२ बस्ने २६ वर्षीय अनिल तामाङलाई घटना लगत्तै नियन्त्रणमा लिएको थियो।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू