‘प्रेमगीत २’ले कब्जा गर्यो युट्युब ट्रेन्डिङको पहिलो स्थान, हेर्नुहोस पुरा फिल्म (भिडियो)

मनिषा थापा

गत २ वर्ष अगाडि प्रदर्शनमा आएको अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत’ को सिक्वेल ‘प्रेमगीत २’ले नेपालको युट्युब ट्रेन्डिङको पहिलो स्थान कब्जा गरेको छ ।

युट्युब रिलिजको दुई दिन पनि पूरा नहुँदै फिल्ममाथि २३ लाख बढीको नजर परिसकेको छ । उक्त फिल्मको आक्रामक भ्यूअर्सले अहिले निर्माण टिम दंग देखिएको छ ।

रामशरण पाठक निर्देशित फिल्म ‘प्रेमगीत २’ मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारीलगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् भने उनको पनि प्रमुख भूमिका छ । अब वर्षको माघबाट यो फिल्मको तेस्रो सिरिजको छायांकन शुरु हुँदैछ ।

हेर्नुहोस फिल्म..

प्रतिक्रिया

सम्बन्धित समाचारहरू