द्वन्द्वका कारण तीन लाखभन्दा अफगानी विस्थापित

शर्मिला गुरुङ

काबुल, ११ मङ्सिर (रासस÷सिन्ह्वा) : अफगानिस्तानमा जारी हिंसात्मक द्वन्द्वका कारण यस वर्षमात्र आन्तरिक रुपमा तीन लाख मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय मामिला र समन्वय निकाय (ओचा) ले मङ्गलबार सो कुराको जानकारी दिएको हो ।

अफगानिस्तानमा देशैभरि हिंसात्मक द्वन्द्व जारी रहेको र कमजोर सुरक्षा व्यवस्था रहेको समाचार आइरहेका बेला ओचाको प्रतिवेदनले त्यसैलाई पुष्टी गरेको छ । यद्यपी यो सङ्ख्या गत वर्षको तुलनामा ३७ प्रतिशत कम भएको पनि ओचाले जानकारी दिएको छ ।

अफगानिस्तानमा जारी द्वन्द्वको क्रममा गत वर्ष भने चार लाख ८१ हजार ४४८ जनाको मृत्यु भएको ओचाले जानकारी दिएको छ ।

अफगान अधिकारीहरु र मानवीय एजेन्सी निकायहरुले बढ्दै गएको विस्थापित परिवारको सङ्ख्याप्रति चिन्ता व्यक्त गरेका छन् ।

विस्थापित अफगान महिला र बालबालिकालाई स्वास्थ्य सेवा प्राप्त गर्न र पठनपाठनका लागि विद्यालयको सुविधा प्राप्त गर्न कठिनाइ उत्पन्न भएको छ । विस्थापित भई असुरक्षित स्थानमा बस्न बाध्य भएका उनीहरुलाई खाना, बास र शुद्ध खानेपानीजस्ता आधारभूत विषयमा पनि कमी भएको बताइएको छ ।

प्रतिक्रिया