महेश बाबुलाई भेट्न १०६ बर्षिय फ्यान आएपछि महेश बाबु आफैं दंग !

रिता घिसिंग

एजेन्सी : तेलुगु फिल्मका सुपरस्टार महेश बाबुका फ्यान संसारभर करोडौं छन् । तर, चलचित्र महर्षिको सुटिङस्थलमा भेट्न आएकी एक महिला फ्यान देखेर महेश बाबु आफैं दंग परे । यी महिला राजमंडरी आन्ध्रप्रदेशबाट आएकी थिइन् । उनको नाम रेलांगी सत्यवती हो । रेलांगी आफ्ना मनपर्ने सुपरस्टारलाई देखेर यति भावुक भइन् कि खुसीले उनले महेश बाबुको हात चुमिन् । रेलांगीले महेश बाबुसँग लामै समय कुरा पनि गरिन् ।

रेलांगीको उमेर १०६ वर्ष छ । महेश बाबुले जब थाहा पाए कि उनकी एक फ्यान यस्ती छिन् जसको उमेर १०६ वर्ष छ, उनी चकित परे । आफ्नो मनपर्ने स्टारसँग कुराकानीको क्रममा रेलांगी निकै भावुक भएकी थिइन् । रेलांगीको माया देखेर महेश बाबु पनि भावुक भए । उनले महिलासँग आफ्ना केही फोटो इन्स्टाग्राममा शेयर गरे र एक पोस्ट लेखे ।

महेश बाबुले पोस्टमा लेखेका छन् ‘यो निकै आश्चर्यजनक कुरा हो कि यो उमेरमा पनि कोहि यति माया गर्न सक्छ । यो प्रेम र स्नेह पाएर म आफैंलाई भाग्यमानी ठानेको छु। मेरा फ्याननको प्रेमले मलाई सधैं उत्प्रेरणा दिइरहेको छ तर मलाई आशीर्वाद दिन आएकी १०६ वर्षकी रेलांगी सत्यवतीले मेरो मन छुनुभएको छ । मलाई खुसी छ कि मैले उहाँलाई खुसी पार्न सकें । इमान्दार भएर कुरा गर्ने हो भने उहाँसँग भेटेर म धेरै खुसी भएँ । उहाँमाथि भगवानको कृपा रहोस् ।’

प्रतिक्रिया