अफगानिस्तानमा तीन अमेरिकी सैनिकको मृत्यु : नेटो

admin

काबुल, अफगानिस्तान, ११ मङ्सिर: अफगानिस्तानको गाजनी सहर नजिकै मङ्गलबार भएको विस्फोटनमा परी कम्तीमा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) जनाएको छ ।

घटनामा तीनजना अमेरिकी सैनिक घाइते भएका बताइएको छ । यस घटनामा मारिएका तीन अमेरिकी सैनिकसँगै सन् २०१८ मा अफगानिस्तानमा मारिने सैनिकको सङ्ख्या १२ पुगेको नेटोले उल्लेख गरेको छ ।

नेटोको ‘रिजोलुट सपोर्ट’ अभियानले मारिने सैनिकको बिस्तृत विवरण तत्काल उल्लेख नगर्ने अभ्यास रहेकाले मारिने सैनिकको नाम र ठेगाना भने उपलब्ध गराइएको छैन । मध्य अफगानिस्तानमा सुरक्षाकर्मीलाई लक्षित गरी विछ्याइएको धराप परी उनीहरूको मृत्यु भएको अफगानिस्तानको प्रहरीले जनाएको छ ।
-रासस÷एएफपी

प्रतिक्रिया