श्रद्धा कपुरको यो तस्बिर सामाजिक संजालमा भाइरल हुँदै

रिता घिसिंग

एजेन्सी : अहिले बलिउडकी चर्चित अभिनेत्री श्रद्धा कपुरको एउटा फोटो सामाजिक संजालमा भाइरल भएको छ। जसमा उनी खाना खाने टेबलमा २३ आइटम खानाका परिकार लिएर बसेकी छिन। यतिधेरै खानाका परिकार देखेर श्रद्धा स्वंय अचम्ममा परेकी छन्।

यी सबै परिकारसहितको फोटो श्रद्धाले आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छन्। सामाजिक संजालमा भाइरल भइरहेको यो फोटोमा समाजिक संजाल प्रयोगकर्ताले विभिन्न प्रकारका प्रतिक्रिया जनाएका छन्। कसैले यति धेरै खाना खाएर मोटी हुन्छौ भनेका छन् भने कसैले यति धेरै खाना त भैंसीले पनि खाइसक्दैन भन्दै कमेन्ट गरेका छन्। चार घण्टामा मात्रै श्रद्धाको यो फोटो ११ लाख भन्दा धेरैले लाइक गरिसकेका छन्।

श्रद्धाको यो फोटो अपकमिङ फिल्म ‘साहो’ को सेटको हो। ३०० करोड रुपैयाँ बजेटमा बनिरहेको यो फिल्ममा साउथका सुपरस्टार प्रभास डिल रोलमा छन्। फिल्मको शुटिङ हैदरावाद, मुम्बई, आबुधाबी, दुबई, रोमानिया र युरोपमा गरिएको छ।

अहिले पनि फिल्मको शुटिङ जारी छ। फिल्म कहिले रिलीज हुन्छ भन्ने अहिलेसमम खुल्न सकेको छैन। ३१ वर्षीया श्रद्धाले २०१० मा फिल्म ‘तीन पत्ती’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। उनले आठ वर्षको फिल्मी करियरमा १७ फिल्ममा काम गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू