भगवान पनि कति सम्म निर्दयी, मलेसियाबाट फर्के पछि न खुट्टा रह्यो न त श्रीमतीको साथ [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएपिखबर, भक्तपुर। केवल बानिया ताप्लेजुंगका स्थानीय बासिन्दा हुन्। केहि समय पछि उनी झापा तिर बसाई सरे। विदेशमोह पक्कै होइन तर उनलाई पनि यो बाध्यताले भने छोडेन। उनी पैसा कमाउन विदेश नै जानु पर्ने भयो। अन्तत: मन भारी पर्दै उनले मलेसिया जाने निधो गरे।

करिव तिन वर्षको मलेसिया बसाइ पछि एक्कासी उनको खुट्टामा घाउ देखा पर्यो। त्यो भन्दा अघि उनको खुट्टामा त्यस्तो घाउ चोटपटक केहि पनि लागेको थिएन। तर अचानक एउटा सानो बिमिरोबाट शुरु भएको घाउ खुट्टा भरि फैलिदै गयो।

उनले धेरै अस्पतालमा आफ्नो उपचार गराउने कोसिस गरे। उनको कम्पनिबाट पनि उनको खुट्टाको उपचारको लागि केहि पहल भयो। केहि शिप नलागे पछि उनी नेपाल फर्किए। नेपालमा उनी सिधै नर्भिक अस्पतालमा उपचार गराउन गए। त्यहाँ उनले आफ्नो खुट्टा काट्नु पर्ने स्थिति आयो। एउटा खुट्टा गुमाउनु पर्दाको पिडा उनले अझै भुल्न सकेका छैनन्।

खुटा काट्नु बाहेक अरु विकल्प पनि केहि थिएन। उनको शरीरमा रगत संचलन रोकिएर उनको अवस्था दिनका दिन झन् बिग्रिदै गइरहेको थियो। आफु स्वस्थ रहन पनि उनले खुट्टा काट्नै पर्यो। वैसखिको शहरामा घर पुगेका उनी मन भारी पार्दै घर सम्म पुगे। उनको श्रीमतीको चालामाला बिस्तारै बदलिदै गयो। उनी अशक्त भए पछि साथ दिनुको सट्टा उनकी श्रीमती विदेश जान्छु भन्न थालिन्।

छोरी मान्छेको हठको अघि कसैको केहि लाग्दैन भने झै उनले आफ्नो श्रीमतीलाई विदेश पठाउन सहमति दिनै पर्ने भयो। पस्स्पोर्ट बनाई ओरि उनी विदेश जान्छु बाट हिडिन। केहि समय पश्चात उनले आफ्नो श्रीमती विदेशको सट्टा अरु नै परपुरुषसँग घरजम गरेर बसेको थाहा पाए। यत्ति ठुलो धोका त्यहि पनि आफ्नै श्रीमतीबाट उनले कल्पना समेत गरेका थिएनन्। तर हुने हार दैव नटार भने झै भइसकेको घटनालाई उनले नकार्न पनि सकेनन्।

एका तिर खुट्टा गुमाउनुको पिडा अनि अर्को तिर श्रीमती अरुसँग घरजम गरेर बसेको पिडा। तर उनले हार भने खाएनन्। निरन्तर आफ्नो उपचार गरिराखे। अहिले उनले कान्छी श्रीमती विवाह गरेका छन्। उनी अशक्त छन् भन्ने थाह हुदाहुदै पनि गोमाले उनलाई अहिले जीवनसंगिनीको रुपमा साथ् दिई रहेकी छिन्। अहिले उनीहरुको १० महिनाको बाबु छ।

पिडा माथि पिडा भने झैँ सानो बाबुलाई पनि हर्निया देखिएको छ। आफ्नो उपचार गर्ने क्रममा उनले सबै सम्पत्ति बेचिसके। ऋण पनि लिई सके। अब उनको आर्थिक स्थिति निकै कम्जोर भइसकेको छ। यस्तो अवस्थामा उनी आफ्नो सानो बाबुलाई कसरि उपचार गराउने भनेर पिर मानिरहेका छन्।

सामान्य सहकारीमा महिनाको दश हजारको जागिरले आफ्नो उपचार गरुन् कि बच्चाको।फेरी उनी झापा देखि उपचार गर्न काठमाडौँ मासिक रुपमा आउने गर्दछन्। यो पटक भने स परिवार साथ उनी काठमाडौँ आएका छन्। कोहि कसैले सहयोग गरे बच्चाको उपचार गराउने उनको सोच छ।

सके सम्म सहयोग किन माग्नु भनेर उनी ऋण खोजेरै भए पनि उपचार खर्च धानीरहेका थिए। अब ऋण खोज्ने पनि उनको स्थिति रहेन।  तपाई हाम्रो सानो सहयोगले कसैको जीवन बच्छ भने किन सहयोग नगर्ने। सहयोगी मनहरुले सके सहयोग नसके प्रचार गरेर भए पनि सहयोग गरिदिनु हुन सम्पूर्णमा विनम्र अनुरोध छ।

सहयोगको लागि
सम्पर्क नम्बर : ९८१५०८८०७२ (केवल बानिया)
खाता नम्बर : NS-16754 (एक्सेल डेभलपमेन्ट बैंक, झापा)

प्रतिक्रिया

सम्बन्धित समाचारहरू