‘गोजीमा दाम छैन’ भन्ने गीत सुनेर मैले आत्महत्या गर्ने प्रयास गरे, यसलाई ब्याण्ड गर्नुपर्छ : खगेन्द्र बिसी [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएपिखबर, भक्तपुर। ‘गोजीमा दाम छैन मेरो गोजीमा दाम छैन कान्छीलाई घुमाउन लान्छु कि भन्यो गोजीमा दाम छैन’ गीत नसुन्ने सायदै कम हुनुहुन्छ होला। चलचित्र चंगा चेतको यो गीत आम नेपालीले सर्वाधिक रुचाइएको मध्य एक पनि हो। तर लाखौ करोडौ जनताको भिडमा एक युवक भने यस गीतको लिरिक्सले निकै रुष्ठ भएका छन्। उनी हुन् खगेन्द्र बिसी।

खगेन्द्र बिसी पेसाले शिक्षक हुन्। शिक्षक मात्रै होइनन् उनी सुन्दर शान्त नेपाल नामक एक सामाजिक संस्थाको सक्रिय सदस्य पनि हुन्। एउटा यस्तो समय उनको जीवनमा आयो जुन बेला उनको जागिर भएन। त्यसै बखत उनले चंगा चेटको ‘गोजीमा दाम छैन’ बोलको गीत सुने। उक्त गीत एक दुई पटक सम्म सुन्दा त उनलाई ठिकै लाग्यो तर उनी जब त्यो गीतमा डुब्दै गए। उनलाई कता कता डिप्रेसन हुन थाल्यो। उक्त गीतको शब्दले उनलाई जिस्काए झैँ लाग्यो।

उनी संग त्येही बेला गोजीमा दाम नहुनु र गोजीमा दम नहुने मान्छे केहि काम छैन भन्ने गीत सुन्नुले उनलाई मानसिक असर पर्न गयो। उनले भने ,’ मैले यो गीत सुनेर आत्महत्या गर्न समेत खोजे। मैले जीवन देखि हारेको महसुस भयो। तर फेरी म झस्किए। म गलत पो गर्दै छु कि जस्तो लाग्यो र म रोकिए। ‘ गीत सुनेरै कसैले आत्महत्या गर्छ र भन्ने कुरामा जोकोही लाई पनि हासो लाग्नु स्वाभाविक हो। तर यो उनको जीवनमा घटेको यथार्थ घटना हो।

इतिहास कोट्टाउदै उनले भने ,’अमेरिकामा उदास आइतबार गीत ब्याण्ड गरियो। हाम्रै नेपालमा कोमल ओलीको पोइला जान पाम गीतको सिडी जलाइयो। बिरोध गरियो तर अझै पन यस्ता गीत हरु किन बनिरहेका छन् ?’

यस्तो गीत किन बनाइयो जसले कसैलाई मर्न प्रेरित गर्छ भन्दै उनी चलचित्र बोर्डको सेन्सरमा पनि पुगे साथै सरकारको ढोका समेत ढक्ढकाए। तर उनीसँग प्रमाण खोजियो। ‘अब के म मरेर प्रमाण दिनु पर्ने। ‘ जिउदो त मैले न्याय पाइन भने मरेर पाउछु भन्ने के ग्यारेन्टी छ र ? ‘उनले झ्क्कीदै भने। अरु देशमा शब्द संगीत हर कुरामा सेन्सर हुन्छ हाम्रो देशमा कानुन हर कुरामा किन यति फितलो भन्दै उनले प्रश्न गरे। तर थाहा छैन उनले जवाफ कहिले र को मार्फत पाउछन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू