१४ भाषामा प्रदर्शन हुँदै चलचित्र ‘२.०’

रिता घिसिंग

एजेन्सी : बहुप्रतिक्षित बलिउड चलचित्र ‘२.०’ बिहिबारबाट प्रदर्शनमा आएको छ । १४ वटा भाषामा निर्माण गरिएको यो चलचित्र भारतमा मात्रै ६६ सय भदा बढी हलमा एकसाथ प्रदर्शनमा आएको भारतीय संचार माध्यमले जनाएका छन्।

रजनिकान्त अभिनित यो चलचित्र बलिउडकै महंगो चलचित्र हो। चलचित्रमा ४ सय ५० करोड भन्दा बढी लगानी गरिएको बताइएको छ । यो रजनिकान्तको ‘रोबोट’ चलचित्रको सिक्वेल हो। चलचित्रमा बलिउड अभिनेता अक्षय कुमार भिलेनको अन्दाजमा देखिएका छन् ।

चलचित्रले प्रदर्शन अगावै विभिन्न रेकर्ड तोडेको थियो । यसले बलिउड बक्सअफिसको अहिलेसम्मकै रेकर्ड तोड्ने चलचित्र पण्डितहरुको अनुमान छ। तर यसले कत्तिको सफलता हात पार्छ त्यो भने हेर्न बाँकी नै छ।

यो चलचित्रले नेपाली चलचित्रलाई असर गरेको छ । चलचित्र ‘२.०’ प्रदर्शनमा आएपछि शुक्रबार पनि नेपाली चलचित्र प्रदर्शनमा नआउने भएका छन् । चलचित्रमा रजनिकान्त र अक्षकुमारसँगै एमी ज्याक्सन मुख्य भुमिकामा छिन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू