६४ बर्षिय चर्चित गायक मोहम्मद अजीजको निधन

रिता घिसिंग

एजेन्सी : नब्बेको दशकका चर्चित प्लेब्याक गायक मोहम्मद अजीजको निधन भएको छ । ६४ बर्षिय अजीजलाई छाती दुख्ने समस्या देखिएपछि मुम्बइको नानावती अस्पताल लगिएको थियो । जहाँ उनको हर्ट एट्याकका कारण मृत्यु भयो । अजिजले कोलकाताको गालिब नामको रेष्टुरेण्टमा गाउने अजीज १७ वर्षदेखि गुमनाम जीवन बिताइरहेका थिए ।

अजीजको जन्म १९५४ मा पश्चिम बंगालमा भएको थियो । उनले बलिउडका अलावा, बंगाली, उडिया र अन्य क्षेत्रीय भाषाका फिल्ममा पनि गीत गाएका छन् । अजीज मोहम्मद रफीका फ्यान थिए । १९८२ मा मुम्बइ आएका अजीजलाई बलिउडमा ब्रेक संगीतकार सपन जगमोहनले दिएका थिए । आफ्नो संघर्षका दिनमा अजीज संगीतकार अनु मलिकको घरमा पनि निकै धाएका थिए ।

अजीजको पहिलो सुपरहिट गीत मर्द फिल्मको मर्द तांगेवाला हो जुन फिल्ममा अमिताभ बच्चनको लागि उनले यो गीत गाएका थिए । यो गीत सुपरहिट भएपछि अजीज बलिउडमा स्थापित भए । अजीजले फिल्ममा अमिताभ बच्चन, अनिल कपुर, गोविन्दा जस्ता सुपरस्टारको लागि गीत गाएका छन् । उनका बलिउडमा दर्जनौं सुपरहिट गीतहरु छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू