हेटौँडा, १३ मङ्सिर : प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले सबै नेपालीले आफ्नो उत्तरदायित्व बहन गरे मुलुकले चाँडै समृद्धि हासिल गर्नसक्ने बताउनुभएको छ ।
नेपाल जेसिजको आयोजना तथा हेटौँडा जेसिजको आतिथ्यतामा आजदेखि यहाँ शुरु भएको राष्ट्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले विकास र समृद्धिका लागि नेपालमा धेरै सम्भावना रहेको हुँदा समृद्ध राष्ट्र निर्माणका लागि सबैको सोच सकारात्मक हुनुपर्नेमा जोड दिनुभयो । तीन दिने सो प्रशिक्षक प्रशिक्षण कार्यक्रममा ३५ जनाको सहभागिता रहेको हेटौँडा जेसिजका अध्यक्ष रवि नेपालले जानकारी दिनुभयो ।
-रासस