लेखनाथ, १३ मङ्सिर: एनआइसी एशिया बैंकले आज आफ्नो नयाँ शाखा कास्कीको लेखनाथमा स्थापना गरेको छ । बैंकलाई मुलुकका हरेक ठाउँमा पु¥याउँदै सबै नागरिकलाई सेवा दिने उद्देश्यले २६८औँ शाखा लेखनाथको बूढीबजारमा स्थापना गरिएको सो बैंकका गण्डकी प्रादेशिक प्रमुख जयन्द्र रावलले जानकारी दिनुभयो ।
उक्त बैंकको कूल निक्षेप करीब रु १६९ अर्ब रहेको छ भने रु १४४ अर्ब कर्जा प्रवाह गरेको छ । सो शाखाको उद्घाटनपछि प्रादेशिक प्रमुख रावलले ७७ वटै जिल्लामा आफ्नो सेवा विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो । उक्त बंैकका हाल करीब १३ लाख ५० हजार ग्राहक रहेको बताइएको छ ।
-रासस