सहकारीलाई धान काट्ने यन्त्र

admin

उर्लाबारी, १३ मङ्सिर : मोरङको पथरीशनिश्चरे नगरपालिका उत्साही साना किसान सहकारी संस्थालाई धान काट्ने यन्त्र प्रदान गरेको छ । नगर प्रमुख दिलीपकुमार राईले धान काट्ने यन्त्र सहकारीका अध्यक्ष धनमाया गुरुङलाई हस्तान्तरण गर्नुभयो ।

खेत जोत्नसमेत मिल्ने सो यन्त्र १८ हर्स पावरको रहेको छ । नगरपालिकाले यसअघि हसन्दह साना किसान संस्थालाई धान काट्ने यन्त्र उपलब्ध गराएको थियो । नगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ मा ५० प्रतिशत अनुदानमा ती यन्त्र प्रदान गरेको हो ।
-रासस

प्रतिक्रिया